Logo

हिक्मत कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा शून्य मत



काठमाडौं,३१ वैशाख । यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।आजको बैठकमा ६२ जना उपस्थित भएका थिए । जसमा कार्कीको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा शून्य मत र ५ जनाले तटस्थमा मतदान गरेका थिए ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका थिए ।

यता मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदा नेपाली कांग्रेस भने विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी भएन् । नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसले बैठक बहिस्कार गरेको हो । नेपाली कांग्रेसले संसद बहिस्कारको पत्र लेखेर सभामुखलाई दिएको थियो ।

प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने कांग्रेसको अडान छ । सोही कारण उसले प्रदेशसभा बैठक बहिस्कार गरेको हो ।

यसैबीच राप्रपाले भने पक्ष र विपक्ष कुनैपनि पक्षमा नरहेको जनाउँदै तटस्थ बसेको छ । उसका सभामुखसहित ६ जना सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्