Logo

एक साताभित्र सरकारलाई पूर्णता दिन्छौं: मुख्यमन्त्री कार्की



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एक साताभित्रमा सरकारलाई पूर्णता दिने बताएका छन् ।

प्रदेश सभाबाट विश्वासको मत लिएपछि सञचारकर्मीलाई प्रििक्रया दिँदै कार्की सत्तारुढ दलबीच छलफल गरेर सरकारलाई पूर्णता दिने बताएका हुन् ।

‘विश्वासको मत पाएका छौँ । एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक कुरा गरेका छौँ । एक-दुई दिनभित्र सबै कुरा टुंग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौँ,’ उनले भने ।

कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । उनको पक्षमा ५७ जनाले समर्थन गर्दा वीपक्षमा कसैले पनि मतदान गरेनन् ।



प्रतिक्रिया दिनुहोस्