Logo

अशोक राईसहित सात जना सांसदको जागिर खानेगरी उपेन्द्र सर्वोच्च पुगे (पूर्णपाठसहित)



काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । आज (सोमबार) सर्वोच्चमा रिट दायर गर्दै उनले दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई कानुनी रुपमा चूनौति दिन खोजेका हुन् ।

जसपा नेपालको एक समूहले गत वैशाख २३ गते पार्टी अध्यक्ष यादवसँग विद्रोह गर्दै अशोक राईको नेतृत्वमा दल दर्ताको निवेदन दिएको थियो । उनीहरुलाई निर्वाचन आयोगले २४ गते नै दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो । पार्टी विभाजन हुँदा उपेन्द्रको पक्षमा ५ र अशोक राईको पक्षमा ७ सांसद् उभिएका थिए ।

उपेन्द्रले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को विपरीत जनता समाजवादी पार्टी दर्ता भएको तर्क पेश गरेका छन् । जसपा नेपाल छाडेर गएका सांसदहरुको पद राजनीति दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को विपरीत रहेको दाबी गर्दै उनले उनीहरुलाई पदमुक्त गर्न माग गरेका छन् ।

साथै, उपेन्द्रले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म संघीय सांसदहरुलाई पदबाट निलम्बन गरी सांसदको हैसियतमा कुनै काम नगर्नु नगराउनु भनी उपयुक्त आदेशको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्