Logo

जेठ महिनाका लागि ९ वटा बाणिज्य बैंकले घटाए ब्याजदर



काठमाडौं, ३१ वैशाख । बाणिज्य बैंकहरुले जेठ महिनाको मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । जम्मा २० वटा बाणिज्य बैंकमध्ये जेठ महिनाका लागि ९ वटा बाणिज्य बैंकले ब्याजदर घटाएका छन् । जेठ महिनाका लागि बाणिज्य बैंकको औषत ब्याजदर ७.०७ प्रतिशत रहेको छ ।

ब्याजदर घटाउने बाणिज्य बैंकहरुमा एनएमबी, सिटिजन्स, सिद्धार्थ, प्राइम कमर्शियल, सानिमा, नबिल, एभरेष्ट, राष्ट्रिय बाणिज्य बैंक र नेपाल एसबीआई रहेका छन् ।

त्यस्तै, ७ बाणिज्य बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा बाणिज्य बैंकको ब्याज दर बढेको छ । ब्याजदर बढाउने बाणिज्य बैंकहरुमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई छन् ।



प्रतिक्रिया दिनुहोस्