Logo

‘कांग्रेससँग रवि लामिछानेबाहेक अरु विषय नै छैन’



काठमाडौं, ३१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेससँग आफ्नो विरोधबाहेक अरु कुनै विषय नै नरहेको टिप्पणी गरेका छन् । आज (सोमबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेस आफूले दिने जवाफ सुन्न डराएको बताए । उनले कांग्रेसले उठाएको विषय न्यायसंगत नरहेको बताएका छन् ।

कांग्रेसले लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै छानविन समितिको माग गरिरहेको छ । कांग्रेसले उक्त माग राखेर संसद् अवरोध गरिरहेको छ । कांग्रेस आफूले दिने जवाफ सुन्न डराएको उनको भनाइ छ ।

‘निरन्तर रुपमा उहाँहरुले आरोप लगाइसकेपछि एक पटक आफ्नो बारेमा लागेको आरोपमा मैले बोल्न पाउनुपर्छ । त्यसपछि अरु कुराकानी गर्न सकिन्छ । पहिला आरोपको जवाफ त दिन पाउन पर्यो नि । हात पनि बाधिदिने, बोल्न पनि नदिने अनि किन डराएको भन्ने ? हात खुट्टा खोलिदिएर, मुख खोलिदिएर हेर्नुस् न अनि डराएको हो कि होईन थाहा हुन्छ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्