Logo

प्रदीप यादवले लिए स्वास्थ्यमन्त्रीको शपथ



काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका छन् । आज (सोमबार) उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए ।

स्वाथ्यमन्त्रीमा नियुक्त गरेलगत्तै शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको सहभागिता रहेको थियो ।

शपथलगत्तै मन्त्री यादवले सिंहदरबार आएर पदभार ग्रहण गर्ने बताइएको छ । फोटोः प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्