Logo

‘भवितव्य’ले माननीय बनेकी हसिना २३ दिनमै ‘राज्यमन्त्री’को कुर्सीमा



काठमाडौं,१ जेठ । एउटै कल्स्टरबाट सांसद निर्वाचित भएका २ जनाको उस्तै प्रकृतिका कारण निधन भएपछि सांसद बन्ने मौका पाएकी हसिना खान छोटो समयमै मन्त्रीको कुर्सीमा पुगेकी छन् ।

जनता समाजवादी पार्टी नेपाल विभाजन हुँदा नयाँ पार्टीमा सामेल भएकी हसिना सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भईन् । सो मन्त्रालयमा जसपाकै प्रदीप यादव नियुक्त भएका छन् । बाँकेकी २८ वर्षीया खान समानुपातिक सांसद हुन् ।

०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा जसपा नेपालको तर्फबाट समानूपातिकतर्फ मुस्लिल महिलातर्फ तेस्रो नम्बरमा हसिनाको नाम सिफारिस भएको थियो । जसपा नेपालले समानुपातिकमा ५ सिट जित्दा मुस्लिम महिलातर्फ शहनाज रहमानले सांसद बन्ने मौका पाएकी थिईन् । तर, उनको निधनपछि दोस्रो नम्बरमा नाम रहेकी मञ्जु अन्सारी शर्मा सांसद बनिन् ।

मञ्जुको पनि गत महिना निधन भएपछि हसिना सांसद सिफारिस भएकी थिईन् । २०७९ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित झापाकी ६३ वर्षीया शहनाज रहमानको २०७९ फागुन २३ गते निधन भएपछि मञ्जु अन्सारी शर्मा समानुपातिकबाट सांसद बनेकी थिइन्। तर उनको पनि निधन भएपछि सांसद बनेकी हसिनाले २३ दिनमै मन्त्री बन्न सफल भएकी छन् ।

जसपा नेपाल विभाजन गरेर जसपा गठन गरेका अशोक राई, राजेन्द्र श्रेष्ठ र म्होमद इस्तियाक राई समूहलाइ साथ दिएकी खानले पार्टी विभाजनकै मौकामा मन्त्री बन्ने सौभाग्य पाईन् । उनी पार्टीमा म्होमद निकट मानिन्छिन् ।



प्रतिक्रिया दिनुहोस्