Logo

सभामुख घिमिरेसँग प्रमुख दलका मुख्य सचेतक र सचेतकको छलफल सुरू



काठमाडौं,१ जेठ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल थालेका छन्। सिंहदबारस्थित सभामुखको कार्यकक्षमा केहीबेर अघि छलफल सुरु भएको हो।

आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

उक्त बैठक बस्नुअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद् अवरोध नगर्ने निर्णय गरेको छ।

यसअघि सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग कांग्रेसले राख्दै संसद् समेत अवरोध गर्दै आएको थियो।

तर,आजको बैठकमा भने अवरोध नगर्ने र त्यसपछि सरकारले ल्याएका बाँकी कार्यसूचीमा भने प्रवेश गर्न नदिने कांग्रेसले बताएको छ।



प्रतिक्रिया दिनुहोस्