Logo

इतिहासकार ज्ञानमणि नेपालको निधन



काठमाडौं । इतिहासकार, प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा मंगलबार मध्यान्ह सवा १२ बजे निधन भएको हो ।

नेपाललाई शुक्रबार सिभिल अस्पताल लगिएकोमा त्यहाँबाट सहीद गंगाल अस्पताल हुँदै मनमोहनमा लगिएको थियो ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।



प्रतिक्रिया दिनुहोस्