Logo

सरकारीमा भन्दा पनि सस्तोमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्दै केएमसी अस्पताल



काठमाडौं, १ जेठ । काठमाडौंको सिनामंगलस्थित मेडिकल कलेज (केएमसी) ले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । यही जेठको अन्तिम सातासम्म मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

केएमसीले सिनियर डाक्टर विजयमान सिंह र डा.सुरेश महर्जनको नेतृत्वमा अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो ।

अन्य अस्पतालको तुलनामा सस्तोमा मिर्गौला प्रत्यारोपण हुने बताइएको छ । अनुभवी एवं खारिएको चिकित्सकले भरपर्दो सेवा दिने र बिरामीले सरकारी अस्पतालमा भन्दा पनि सस्तोमा सेवा पाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्