Logo

‘वर्तमान सरकारप्रति जनतामा आशा र भरोसा बढेको छ’



काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा सरकारले लिएका भ्रष्टाचार नियन्त्रण, सुशासन एवं सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी नीतिहरुको कार्यान्वयनबाट सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको उल्लेख छ ।

साथै, सबै किसिमका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याइएको र उच्च पद प्राप्त गर्दैमा कानुनी जवाफदेहितबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भएको उल्लेख छ ।

वर्तमान सरकारप्रति नागरिकमा आशा र भरोसा बढेको र अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उच्च भएको उल्लेख छ । त्यस्तै नेपालले दीगो विकास, जल वायु परिवर्तन, अति कम विकसित राष्ट्रहरुको हक अधिकार लगायतका विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot