Logo

आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने



काठमाडौँ, १ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ ।

नीति तथा कार्यक्रम पेशगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गर्न लागिएको जानकारी गराएका छन् ।

“कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ,” उनले भने, “आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।”

अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्