Logo

राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा सरकारले लिएका भ्रष्टाचार नियन्त्रण, सुशासन एवं सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी नीतिहरुको कार्यान्वयनबाट सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको उल्लेख छ ।

साथै, सबै किसिमका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याइएको र उच्च पद प्राप्त गर्दैमा कानुनी जवाफदेहितबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भएको उल्लेख छ । वर्तमान सरकारप्रति नागरिकमा आशा र भरोसा बढेको र अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उच्च भएको उल्लेख छ । त्यस्तै नेपालले दीगो विकास, जल वायु परिवर्तन, अति कम विकसित राष्ट्रहरुको हक अधिकार लगायतका विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको उल्लेख छ ।

त्यस्तै, विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने यसका निम्ति अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता कायम गरिने उल्लेख गरिएको छ । आन्तरिक स्रोतको परिचालन दिगो बनाइने, राजस्व बढाउने, करदाताको व्यावसायिक लागत घटाउने गरी कर नीति लिइने लगायतका नीति सरकारको छ ।

अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्