Logo

काठमाडौं-तराई द्रूतमार्ग ०८३ सालभित्रै सक्ने सरकारको लक्ष्य



काठमाडौँ, १ जेठ । सरकारले काठमाडौं तराई द्रूत मार्गको काम ०८३ सालभित्रै सक्नेगगरि काम अगाडि बढाउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले निर्धारित समयमै द्रूतमार्गको काम सक्नेगरी काम गरेको जानकारी गराएका छन् ।

ग्वार्को ओभर पास र नागढुंगा सिस्ने खोला सुरुङ मार्ग यसै वर्षबाट सञ्चालनमा ल्याइने पनि उनले जानकारी दिए । यातायात खर्च कम गर्न र सवारी आवागमन सहज बनाउन सुरुङ मार्ग निर्माण कार्यलाई प्राथमिकता दिइने सरकारको योजना रहेको उनले बताए ।

अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ ।



प्रतिक्रिया दिनुहोस्