काठमाडौं, १ जेठ । सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । पुनरावेदनको रुपमा पाटन उच्च अदालतमा पेशी रहेको उक्त मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सो मुद्दा भोलि सोही इजलासमा सुनुवाइ हुनेछ । भोलि नै फैसला आउने बताइएको छ ।
उक्त मुद्दामा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरुले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएका छन् । प्रमाणविना नै सन्दीपलाई दोषी ठहर गरिएको वरिष्ठ अधिवक्ताहरुको जिकिर छ । सन्दीपलाई उक्त मुद्दामा सफाइ दिनुपर्ने उनीहरुको माग छ ।
त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरुले पनि बहस गरे । फैसला आज नै आउन सक्ने अनुमानसहित अदालत परिसरमा सन्दीपका समर्थकहरुको बाक्लो उपस्थिति थियो ।