Logo

समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान मन्त्री चौधरीको निर्देशन



काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिएकी छन् ।

परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै उनले डिजिटाइजेसन अहिलेको आवश्यकता रहेको बताईन् ।

उनले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन् ।

‘परिषद्लाई अझ राम्रो बनाउन मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ ।’ मन्त्री चौधरीले भनिन्, ‘हामीले परिषद्लाई डिजिटाइजेसनमा लैजाने भनेका छौँ । त्यसका निम्ति भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ, त्यसलाई अगाडि बढाउनुस् ।’

समाज कल्याण परिषद्लाई प्रादेशिक संरचनामा लैजान जरुरी रहेको उनले बताईन् । कर्मचारीको वृत्तिविकास तथा कार्यसम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । उनले कर्मचारीको वृत्तिविकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउनसमेत बताईन् । File Photo



प्रतिक्रिया दिनुहोस्