Logo

माधव नेपालको पार्टी फुटाउन अध्यादेश आउने कांग्रेस नेता गिरीको आशंका (भिडिओसहित)



काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक गिरीले सरकार पार्टी फुटाउन र सहकारी ठगलाई बचाउन तल्लिन रहेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले देश र जनताको पक्षमा काम नगरेर पार्टी फुटाउन र अपराधीहरुलाई बचाउन पूरै ध्यान लगाइरहेको बताएका हुन् ।

‘सरकार पार्टी फुटाउन, सहकारी ठगलाई बचाउन लाग्यो । त्यसैमा दिमाग छ । अब माधव नेपालको पार्टीलाई कसरी फुटाउन पाइँन्छ ? अध्यादेश आउला अब भविष्यमा,’– उनले भने ।

साथै, राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा कांग्रेसका सांसदमात्रै नभएर एमालेका सांसदहरु पनि हाँसेको उनको टिप्पणी छ । सरकारले कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याएको उनको आरोप छ । ‘सरकारको नीति तथा कार्यक्रममा कार्यान्वयन हुने कुराहरु उल्लेख हुनुपर्यो । हिजो जे थियो, आज पनि त्यही कर्मकाण्डी आयो,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचै वर्ष कसरी प्रधानमन्त्री बन्न सकिन्छ भनेर लागिपरेको उनको भनाइ छ । साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्येय अरुको दल विभाजन गराएर उनीहरुलाई एमालेमा प्रवेश गराउने रहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्