काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीले क्रिकेटर सन्दीप लामिछानेलाई घेरामा पारिएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले घेरामा पारेको कारण सन्दीप आफैं पीडित रहेको बताए । उनले सन्दीप छुट्नुपर्ने बताए ।
साथै, महान्यायाधिवक्ताले सहकारी ठगी प्रकरण, दोहोरो नागरिकता, दोहारो राहदानीलगायतका विवादमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई क्लिनचिट दिएकोमा आपत्ति जनाउँदै उनले बरु सन्दीपको न्यायको पक्षमा बोल्न आग्रह गरे । उनले सन्दीपलाई अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको पनि बताए ।
‘के गरेको छ रवि लामिछानेले ? आज अर्को लामिछाने हेर्नुस् त पीडित । म त यहीँबाट भन्छु, सन्दीप लामिछानेको बारेमा महान्यायाधिवक्ता केही नबोल्ने । नेपाली जनता रोएका छन्, म हन्डे«ड प्रतिशत उहाँको पक्षमा हुँ ।’ उनले भने, ‘उहाँ रिहा हुनुपर्छ । महान्यायाधिवक्ताले पटक–पटक, दोहोरो राहदानीमा, दोहोरो नागरिकतामा र अस्ती सहकारी ठगी प्रकरणमा दोषी छैन भन्ने । सन्दीप लामिछानेलाई घेरामा पारेर जे गरिएको छ, त्यो अत्यन्तै गलत भएको छ ’