काठमाडौं, २ जेठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् ।
उनले आफ्नो प्रस्तावमा संगठनमा देखिएका मुख्य समस्यालाई विभिन्न ११ बुँदामा उल्लेख गरेका छन् । साथै, उनले आफ्नो प्रतिवेदनमा तत्कालीन विद्रोही माओवादीले गरेको १० वर्षे जनयुद्धलाई सकारात्मक दृष्टिकोणबाट प्रस्तुत गरेका छन् ।
जनयुद्धले कम्युनिष्ट पार्टीलाई नेपाली समाजका जातीय, लैंगिक, क्षेत्रीय विविधता र विभेदसँग बढि परिचित गराएको उनको बुझाइ छ । उनले जनयुद्धले पुरानो सामन्ती सामजिक—साँस्कृतिक बनोटमा जबर्जस्त धक्का दिएको बताएका छन् ।
जनयुद्धले सामाजिक-साँस्कृतिक विभेदका विरुद्ध महिला, दलित, जनजाति, मधेशी, अल्पसंख्यकहरुको मुद्दाहरुलाई अग्रभागमा ल्याएको र संगठित गरेको उनको दाबी छ ।