Logo

रविसँग प्रचण्डको छलफल सकिएलगत्तै सिंहदरबार छिरे केपी ओली



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ।

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।

अहिले दुई शीर्ष नेताबीच छलफल भइरहेको छ।

यसअघि आजै बिहान प्रचण्डले गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका थिए । सदनको अवरोध हटाउने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई बोलाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ ।

छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । प्रतिनिधिसभाको बैठक भोलि विहान ११ बजेको लागि बोलाईएको छ । सदनको अवरोध हटाउनेबारे अहिले सत्ता गठबन्धनका मुख्य घटका नेतृत्वबीच बैठक बसेको हो । प्रधानमन्त्री दाहालले कांग्रेसले भनेजस्तो नभएपनि समग्र सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिने आफ्नो मध्यमार्गी प्रस्ताव बाहिर ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्