काठमाडौं । जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा दुवैतर्फको बहस सकिएको छ ।
मंगलबारदेखि निरन्तर जारी सुनुवाइमा जाहेरवाला गौशाला २६ र लामिछाने पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले केहीबेरमा फैसला सुनाउने तयारी गरेको छ ।
सुनुवाई सकिएसँगै न्यायाधीशले घटना भएको भनिएको दिनको सीसीटीभि फुटेज हेर्ने भएका छन् । घटनाको दिन सन्दीप र गौशाला २६ बसेको होटलको फुटेज हेरेपछि आजै फैसला सुनाउने तयारी छ ।
बहसका क्रममा सीसीटीभी फुटेजका विषयमा धेरै कुरा उठेकाले निर्णय गर्नअघि न्यायाधीशले त्यो हेर्न चाहेका हुन्।