Logo

मदन–आश्रितको सालिकमा माल्यार्पण गर्न एमाले नेताहरुसँगै बल्खु पुगिन् पूर्व राष्ट्रपति भण्डारी (तस्बिरहरू)



काठमाडौं,३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।३१ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति तथा मदन भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । सो क्रममा उनले मदन आश्रितको सालिकमा माल्यार्पण पनि गरेकी छन् ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।

तस्बिर सबै: एमाले अध्यक्ष ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्