Logo

संसद् बैठकअघि फेरि छलफलमा जुटे प्रचण्ड, ओली र रवि



काठमाडौं,३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भइरहेको हो ।

यी तीन नेताबीच बुधबार पनि सिंहदरबारमा छलफल भएको थियो । आजको संसद् बैठकअघि पनि नेताहरू छलफलमा जुटेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक सञ्चालन गर्न दिने अडान लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot