Logo

१० मिनेट रोष्टम घेरेपछि कांग्रेस र रेशम पक्षको नाउपाले गर्‍यो प्रदेश सभा बैठक बहिष्कार



काठमाडौं,३ जेठ । नेपाली कांग्रेस र नागरिक उन्मुक्रि पार्टीको संस्थापन पक्षले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि बोलाईएको बैठक यी दुइ दलले बहिष्कार गरेका हुन् ।

बैठक सुरु भएलगत्तै काङ्ग्रेस र नाउपा रेशम पक्षलेबिरोध गर्दै रोस्ट्रम घेरेका थिए। नाउपाका २ मन्त्री सत्तापक्षमा बसेका थिए भने अन्य सांसद प्रतिपक्षमा उभिएका छन् ।

नाउपका घनश्याम चौधरीले मुख्यमन्त्री दीर्घ सोडरी असंवैधानिक रहेको जिकिर गरे।

प्रतिपक्षमा नाउपका ५ सांसद र काङ्ग्रेसका सबै सांसद उभिँदा राप्रपा सांसद खेमा बिस्ट भने उभिइनन् ।



प्रतिक्रिया दिनुहोस्