काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । अध्यक्ष ठाकुरले आज दिउँसो प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
साथै, उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावमा अध्यक्ष ठाकुरले आफूहरु सरकारमा सहभागी हुन सकारात्मक रहेको जवाफ दिएका छन् ।
लोसपालाई संघमा एक मन्त्रालय दिएर सकारमा सहभागी गराउने तयारी भइरहेको बताइएको छ । त्यस्तै, मधेश प्रदेश सरकारमा पनि लोसपा सहभागी हुने भएको छ । सो भेटवार्तामा लोसपाका नेता एवं पूर्वमन्त्री शरदसिंह भण्डारी पनि सहभागी थिए ।