Logo

१६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको तयारी पूरा



काठमाडौं, ३ जेठ । नेपाल बार एशोसिएशनले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन–२०८१ को सम्पूर्ण तयारी पूरा भएको बताएको छ । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले भोलिदेखि (जेठ ४, ५ र ६ गते) तीन दिन काठमाडौंमा हुन गइरहेको उक्त सम्मेलनको तयारी पूरा भएको बताएका हुन् । अध्यक्ष घिमिरेले सम्मेलनको मूल अभिप्राय न्यायपालिकाको पुनर्संरचना रहेको बताए ।

सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमााडौंमा हुनेछ । सम्मेलनमा तय गरिएका विविध विषयमा कानुन व्यवसायीहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरी स्वउपर गहन छलफल हुने र कानुनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरुको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निश्पक्ष तथा न्यायउन्मुख बनाउनसमेत यो सम्मेलन कोशेढुङ्गा सावित हुने बारले विश्वास लिएको छ ।

न्यायपालिकामा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका निम्ति न्यायपालिकाको पुनर्संरचना अपरिहार्य रहेको बारको निश्कर्ष रहेको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ सम्मेलनको मूल नारा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot