Logo

महाङ्काल गुम्बाका रिन्पोछे नोर्बु तामाङमाथि प्रलोभन देखाई विवाह गरेर अलपत्र पारेको आरोप (भिडिओसहित)



काठमाडौं, ३ जेठ । ललितपुरस्थित महाङ्काल गुम्बाका रिन्पोछे नोर्बु तामाङ थोकरमाथि प्रलोभन देखाई बिवाह गरेर अलपत्र पारेको आरोप लागेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सोनी तामाङले आफूलाई प्रलोभनमा पारी रिन्पोछे नोर्बु तामाङ थोकरले बिवाह गरेको र त्यसपछि अलपत्र पारेको आरोप लगाएकी हुन् ।

रिन्पोछे नोर्बु तामाङ थोकरसँग आफ्नो २०७२ सालदेखि नै राम्रोसँग चिनजान रहेको उनले बताईन् । आफूलाई मालाको कारोबारका रिन्पोछेले पैसा लिन बोलाएको र सो क्रममा हिंसा गरेको उनले बताईन् । त्यसपछि आफूले उजुरी दिन्छु भन्दा बिवाह गर्ने सहमती भएको र सो सहमती बमोजिम बिवाह भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot