Logo

प्रचण्डको प्रयास निरर्थक, संसदको अवरोध कायमै राख्ने कांग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज बस्ने प्रतिनिध सभाको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद् अवरोध गर्ने भएको हो । आफूहरुको माग पूरा गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अवरोध कायमै राख्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखेका थिए। त्यसमा कांग्रेसले अस्वीकार गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारेका थिए।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गरेका थिए । प्रचण्डसँगको निरन्तरको छलफलपछि संसद्मा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेस तयार भएको थियो । तर, एकाएक कांग्रेसले अडान फेर्दा प्रचण्डको दिनभरको प्रयास निरर्थक हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्