काठमाडौं, ३ जेठ । प्रतिनिधि सभामा नेपाली कांग्रेसले आज पनि अवरोध कायमै राखेको छ । संसद बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु रोस्टम घेराउमा अगाडि बढेका छन् । उनीहरुले संसदमा नाराबाजी गरिरहेका छन् ।
उनीहरुको नाराबाजीको बावजुद सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक पढेर सुनाए । ‘उनीहरुले संसद्मा सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, संसदीय मर्यादा कायम गर’ लागयतका नारा लगाइरहेका छन् । साथै, सभामुखले मन्त्रिपरिषद् विस्तारबारे प्राप्त भएको पत्र पढेर सुनाए ।