Logo

देउवाले बोलाएको विपक्षी दलको बैठक सुरु, राप्रपाबाट ज्ञानेन्द्र र बुद्धिमान सहभागी



काठमाडौं,४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ ।
सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही उपस्थित छन् ।

कांग्रेसले सहरकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्दै आएको छ । सत्तापक्ष उक्त मागमा सहमत नहुँदा प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । यही तनावका बीच बिहीबारको संसद बैठकमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, अहिलेसम्म बैठक बस्ने, नबस्ने अन्योल भने कायमै छ। सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यसैक्रममा बिहीबारको बैठकमा तनाब सिर्जना भएको थियो ।

तस्बिर: जनक भट्ट



प्रतिक्रिया दिनुहोस्