Logo

मधेस प्रदेशका चार जिल्लाको सीमा नाका तीन दिन बन्द रहने



जनकपुरधाम । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् ।

भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले आज जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाइएको छ ।

विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।

यसैबीच सोही निर्वाचनलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा तीन दिनका लागि बन्द हुने भएको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भंगाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्