Logo

प्रचण्ड दाँत जचाउन अस्पताल गएपछि कांग्रेससँगको निर्णायक वार्ता स्थगित



काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री प्रचण्डको दाँतको समस्या चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको ओ । अब आज स्थगित छलफल भोलि बिहान हुनेछ ।

। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटम लाइन बनाएको छ । तर, सहकारी प्रकरणले हिजोको धकेलाधकेलपछि स्थिति बनेपछि सत्ता र प्रतिपक्ष दलबीच सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।

बिहीबार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनको लागि कांग्रेसका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मोटामोटी सहमति भैसकेको थियो । तर, अन्तिममा त्यो सहमति भाँडिएको छ । हिजोको प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले सदनको अवरोध हटाउनको लागि कांग्रेसको मागबमोजिम संसदीय छानबिन समिति बनाउने तयारी गरेका थिए ।

त्यसको लागि गृहमन्त्री रवि लामिछानेलाई पनि उनले कन्भिन्स गरेका थिए । छानबिन समितिको लागि कस्तो मस्यौदा तयार पार्ने भन्नेबारे कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्ले खटिएका थिए । दुवै नेताले आ–आफ्नो तर्फबाट मस्यौदा तयार पारेका थिए । तर, कांग्रेस र रास्वपा एक अर्काको मस्यौदाप्रति सहमति हुन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्