Logo

नेपाललाई संसदीय व्यवस्था अफापसिद्ध भयोः सुदन किराती



काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेपाललाई विगतदेखि नै संसदीय व्यवस्था नफापेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ४० वर्षसम्मको अनुभवले संसदीय व्यवस्था अफापसिद्ध भइरहेको र अब प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जानुपर्ने बताएका हुन् ।

‘प्रतिनिधि सभा त नागा जोगीहरु भेला हुने कुम्भ मेलाजस्तो देखिइराखिएको छ । हामीले नीतिहरु बनाउन सकिराखेका छैनौं । व्यवस्थाको विरुद्धमा मनोविज्ञानहरु निर्माण भइराखेको छ, यसलाई छिटो अन्त्य गर्नुपर्छ ।’ उनले भने, ‘नेपालमा यो संसदीय व्यवस्था अफापसिद्ध नै भएको प्रमाणित हुने निश्कर्षतिर जाँदैछ । ४०औं वर्ष यो व्यवस्थामा अभ्यासरत भएर आइसक्यो । यस्तै हुने हो भने अब नेपालमा कार्यकारी प्रमुख देशैभरीबाट आफ्नो देशको नेतृत्व छान्ने प्रक्रियामा जानैपर्छ ।’

संसद् विगतदेखि नै पूर्वाग्रहको थलोजस्तो बनेको उनको टिप्पणी छ । संसदीय व्यवस्था र सत्ता देश र जनताको लागि भन्दा पनि आफ्नो कमजोरी छोप्ने भर्याङजस्तो बनेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्