Logo

ललितपुरका मठ मन्दिर र देवस्थलहरुको दर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं, ५ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरमा रहेका सबै मठ मन्दिर र देवस्थलहरुको दर्शन गर्ने भएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत पूर्वराजा ज्ञानेन्द्रको धार्मिक यात्राबारे जानकारी गराइएको हो । सो क्रममा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधरणसँग प्रत्यक्ष भेटघाट र भालाकुसारी गर्ने बताइएको छ ।

पूर्वराजासँगको भेटघाट र संवाद कार्यक्रम दिउँसो साढे २ बजेका लागि तय गरिएको बताइएको छ । कार्यक्रममा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पूर्वराजाको धार्मिक भ्रमणका क्रममा स्वागतका लागि निस्वार्थ रुपमा सडकमा आउन आग्रह गरेका छन् । ज्ञानेन्द्र यो देशको आवश्यकत्ता रहेको उनको दाबी छ ।

कार्यक्रममा राजावादीहरु सविन खड्का, अष्टमान महर्जन, निरन्जन थापा, पूर्वमन्त्री विराजबहादुर विष्टलगायतको सहभागिता रहेको थियो । उनीहरुले पूर्वराजा सहभागी हुने उक्त कार्यक्रममा स्वतस्फूर्त रुपमा सहभागी भइदिन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्