Logo

शेखरको प्रश्न, ‘भोलि संसद् के हुन्छ ?’ देउवाको जवाफ, ‘खै के हुन्छ !’



काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरताका कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज (शनिबार) पार्टीनिकट भातृ संगठनको कार्यक्रममा उनले अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढिरहेको बताएका हुन् ।

साथै, उनले सदन खुल्ने/नखुल्ने अहिले नै भन्न नसकिने अवस्था रहेको बताए । आफूले आज कार्यक्रममै सभापति शेरबहादुर देउवालाई भोलि सदन के हुन्छ भनेर सोध्दा ‘खै के हुन्छ’ भन्ने जवाफ दिएको जानकारी दिए । उनले भने, ‘अघि मैले सभापतिजीलाई के हुन्छ भोलि भनेर सोधेँ । ‘खै के हुन्छ’ भन्नुभयो ।’

राजनीति दलहरु को प्रधानमन्त्री हुनेमै सीमित रहेका उनको भनाइ छ । प्रचण्डसँग पनि प्रधानमन्त्री बनेर के गर्ने भन्नेबारे कुनै योजना नै नरहेको उनको टिप्पणी छ । उनले विश्वासको मत लिने विषयलाई लिएर प्रधानमन्त्रीलाई अप्ठ्यारो परिरहेको बताए ।

‘के का लागि प्रधानमन्त्री बन्ने ? प्रधानमन्त्री बनेर गर्ने के ? भनेर प्रचण्डजीले पनि भन्न सक्नुहुन्न । उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ । कतिचोटी विश्वासको मत लिने ? तीनचोटी त भइसक्यो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot