Logo

राष्ट्रिय मुक्ति क्रान्तिद्वारा दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा



काठमाडौं, ५ जेठ । राजेन्द्र महतोको संयोजकत्वमा रहेको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौंमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकालेको छ ।

अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधि मार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ । जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot