Logo

सरकारमा बस्दा तमासामात्रै हेर्न पाएको भन्दै माधवले पोखे दुखेसो



काठमाडौं, ५ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी रहेपनि आफूहरुले तमासा हेरेर बसिरहेको बताएका छन् ।

आज (शनिबार) माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । साथै, एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिलाई नियालिरहेको उनले बताए । ‘हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं,’– उनले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी रहेका उक्त कार्यक्रममा उनले अहिलेको राष्ट्रिय राजनीतिमा उनीभन्दा व्यवस्त अरु कोही नरहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot