Logo

नोबेल मेडिकल कलेजले भन्योः रोशन सदाको शव बन्धक बनाएको होईन



काठमाडौं, ५ जेठ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.ले उपचारको क्रममा मृत्यु भएका सप्तरी जिल्ला सुरङ्गा नगरपालिका–१ तेतहरीका रोशन सदाको शव पैसा बुझाउन नसक्दा बन्धक बनाइएको भन्ने कुरामा सत्यता नरहेको बताएको छ । विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएपछि हस्पिटलले विज्ञप्ति निकालेर घटनाबारे प्रष्ट पारेको हो ।

अस्पतालले उपचारको क्रममा विरामी रोशन सदाको मृत्यु भएको र अस्पतालको क्लियरेन्स गर्न विरामीको परिवारलाई समय लाग्ने भएपछि विरामीको परिवारले शवलाई शव गृहमा राखेका विज्ञप्तिमा उल्लेख छ । त्यसपछि अस्पताल प्रशासनसम्म विरामीको परिवार, आफन्त, कुरुवा कसैले पनि पैसाको अभाव भई छुट गराइदिन नभनेको बताएको छ ।

मृतकका आफन्तलाई क्लियरेन्स गर्न खबर गर्दा हिजो राती सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसहित अन्य कुरुवाहरु सम्पर्कमा आएकाले आज विहान प्रकृयागत रुपमा ३५ हजार छुट गराई शव लगिएको अस्पताल प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्