Logo

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बैठक जारी, ज्ञानेन्द्र कार्कीको पनि इन्ट्री



काठमाडौं,६ जेठ । सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ।

सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक चलिरहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा सहकारी प्रकरणको छानबिन समितिको (टीओआर) तयार पार्न कार्यदलको बैठक जारी रहेको हो ।

उक्त कार्यदलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बतौला ,नेपाली काग्रेसका सहमहामन्त्री जीवन परियार ,राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल छन् भने बैठकको बीचमा नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्की पनि छिरेका छन् ।

सत्ता र प्रतिपक्ष दलको शनिबार बालुवाटारमा बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार गठित कार्यदलले समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउनेछ ।



प्रतिक्रिया दिनुहोस्