Logo

एमालेले भनेअनुसार नै संसदीय समिति बन्दैछः शेरबहादुर तामाङ



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले समग्र सहकारीमा देखिएको समस्या समाधान गर्नेगरी संसदीय छानविन समिति बन्न लागेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै व्यक्ति विशेषलाई लक्षित गरेर संसदीय समिति बन्ने कुरामा सहमति नभएको बताएका हुन् ।

‘अहिले प्रमुख प्रतिपक्षी दलसँग हाम्रो सहमति के हो भने समग्र सहकारीमा देखिएको समस्या, त्यो समस्या समाधान गर्न बनेको समितिले छानविन गर्दै जाँदा गृहमन्त्रीको पनि संलग्नता देखियो भने त्यसपछिको कुरा हो । हामीले समग्र अध्ययनको कुरामा सहमति हुन्छ भनेर पहिलेदेखि नै भनेका हौं । सोहीअनुसार सहमति भयो,’– उनले भने ।

कुनै व्यक्ति वा मन्त्रीलक्षित गरेर बन्ने छानविन समितिले सहकारीको समस्या समाधान हुँदैन भनेर आफूहरुले पहिलेदेखि नै भन्दै आएको उनले स्मरण गराए । सिङ्गो सहकारीमा देखिएको समस्या समाधान गर्न संसदीय वा उच्चस्तरीय समिति बनाउन आफूहरु पहिलेदेखि नै तयार रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्