Logo

विपक्षी दलको बैठक लम्बिँदा संसद बैठक बस्न ढिलाई



काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाईएको थियो । तर, बानेश्वरमै कांग्रेससहितका विपक्षी दलको बैठक चलिरहँदा सदन बस्न ढिलाइ भएको हो ।

प्रमुख प्रतिपक्षी दलको संसदीय दलका नेताका कार्यकक्षमा जारी बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल चलिरहेको छ ।

सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

गत बिहीबारको संसद बैठक सभामुख देवराज घिमिरले जर्बजस्ति अघि बढाएपछि बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो ।

यससँगै कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध गरिरहेको सङ्घीय संसद्का दुवै सदन आजदेखि सुचारु हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्