Logo

सभामुखलाई भेटेर ५ दलले भने: टीओआरमा सहमति भएन, तत्काल संसद् नचलाउनुस्



काठमाडौं,६ जेठ । विपक्षी दलहरूले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति नभएसम्म संसद बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् ।

आइतबार बिहान बसेको विपक्षी दलहरूको बैठकपछि उनीहरूले सभामुख देवराज घिमिरेले यस्तो आग्रह गरेका हुन् । विपक्षी दलहरूको बैठकपछि त्यसको निर्णयबारे जानकारी दिन सांसद ज्ञानेन्द्र शाही सभामुखको कार्यकक्षमा पुगेका थिए ।

विपक्षीहरूको यस्तो आग्रहपछि संसद बैठक तत्कालका लागि अनिश्चित भएको छ । यसअघि विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएको बताइएको थियो ।

उता संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको जारी बैठकमा कांग्रेसका दुई जना नेता थपिएका छन् । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा गिरीका साथै कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल सहभागी थिए । अहिले कांग्रेस नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक थपिएका छन् ।

सभामुख घिमिरेले आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका थिए।



प्रतिक्रिया दिनुहोस्