Logo

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित



काठमाडौं, ६ जेठ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । आज (आइतबार) विहान ११ बजेदेखि बैठक सुरु हुने कार्यतालिका रहेको भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायमै राख्ने भएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले उनीमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग उठाउँदै आएको छ । कांग्रेसले उक्त माग लिएर लामो समयदेखि संसद् अवरोध गर्दै आएको थियो । हिजो सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानविन गर्ने सहमति जुटेको थियो । उक्त छलफलमा समितिको कार्यादेश (टीओआर) तयार गर्न कानुनमन्त्रीको संयोजकत्वमा कार्यदल नै बनेको थियो । आज विहान बसेको कार्यादलको बैठकमा कांग्रेस–एमालेले आ–आफ्नो अडान नछाड्दा सहमति जुट्न नसकेको हो ।

त्यस्तै, अहिले पनि कार्यादलको बैठक जारी रहेको छ । कार्यदलको बैठक जारी रहेपनि संसद् चल्ने÷नचल्ने टुङ्गो लागिसकेको छै । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने टीओआर तयार नभई संसद् नचल्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot