Logo

टीओआरमा दलहरु सहमति नजिक, आन्तरिक छलफलमा कांग्रेस



काठमाडौं,६ जेठ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक सकिएको छ । बैठकले टीओआरबारे सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।

सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय बसेको बैठकमा कार्यदलमा संयोजक कानूनमन्त्री पदम गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी का नेता शिशिर खनाल उपस्थित थिए भेन कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक पनि पुगेका थिए । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार भएको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

चार नेताबीचको छलफलपछि टीओआरमा सहमति नजिक पुगेको बताईएको छ । छलफलपछि आन्तरिक तयारीका लागि भन्दै कांग्रेस नेताहरु बाहिरिएका छन् ।

उनीहरूसँग महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक रमेश लेखक लगायतले छलफल गर्दैछन् । नेताहरूका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

नेताहरूका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरू सहमति नजिक पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्