Logo

संसदीय छानविन समितिको टीओआर बेलुकासम्म टुङ्गिन्छः महेश बर्तौला



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानविन समितिको कार्यादेश (टीओआर) आज बेलुकासम्म टुङ्गिने बताएका छन् । आज (आइतबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सैद्धान्तिक सहमति भइसकेको र अब केही बुँदाहरुमा सहमति जुट्न बाँकी रहेको बताए । ‘विषयगत रुपमा, बुँदागत रुपमा टुङ्ग्याउनका लागि उहाँहरुले केही समय माग्नुभएकाले अब केही समयपछि बस्ने बैठकले यसलाई टुङ्ग्याउन सक्ला । आज बेलुकासम्म हामीले यसलाई फिनिसिङ गर्नसक्छौं भन्ने लाग्छ,’– उनले भने ।

साथै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय मागेकाले अहिले कार्यदलको बैठक केही समयका लागि स्थगित भएको उनले बताए । एमालेले समग्र सहकारीको समस्या समाधान होस् भन्ने चाहेको उनको भनाइ छ । संसदीय समिति बनाउँदै गर्दा आउने विभिन्न प्रकारका संकटका बारेमा पनि छलफल भएको उनको भनाइ छ । उनले भने, ‘कांग्रेसले २० मिनेटका लागि हामी छलफल गर्नुपर्यो भनेको छ । कन्टेनहरु के हुने, टीओआर कस्तो बनाउने भन्ने विषयमा टाढा पनि छैनौं । एकाध विषयमा कांग्रेसका केही आफ्ना भनाइहरु छन् ।’



प्रतिक्रिया दिनुहोस्