Logo

संसद् अवरोध हटाउनु नै सबैको हितमा हुन्छः माधव नेपाल



काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संसद् अवरोध हटाउनु सबैको हितमा हुने बताएका छन् । आज (आइतबार) पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् अवरोध नहटेमा विभिन्न संकट आइपर्ने बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम संसद्मा छलफल नभएको खण्डमा समस्या आउने उनको भनाइ छ । संसद् अवरोध हटाउने विषयमा आफूले प्रधानमन्त्रीसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु छलफल गरेको बताए । संसद् अवरोध अन्त्य हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्