Logo

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा मन्त्रीकै आशंका



काठमाडौं, ६ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यसपटक विश्वासको मत लिन सजिलो नरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गत २०७९ पुसदेखि प्रधानमन्त्री प्रचण्डले पटक–पटक विश्वासको मत लिनुपरेको भन्दै उनले भने, ‘अहिले फेरि भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदैहुनुहुन्छ । यो सजिलो छैन ।’

साथै, देशको अवस्था पनि भनेजस्तो सजिलो नरहेको उनको भनाइ छ । उनले संविधानले समावेशिता, समानता, स्वतन्त्रतालगायतका सबै अधिकार दिएपनि राजनीतिक स्थिरता हुन नसक्दा जनता संवैधानिक अधिकारबाट बञ्चित हुन परेको बताए ।



प्रतिक्रिया दिनुहोस्