Logo

मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख रसाईलीसहित ८ जनाविरुद्ध २४ करोडको मुद्दा



काठमाडौं । मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचारकोमुद्दा दायर भएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार रसाईली र शाहीसहित तत्कालीन नापी अधिकृत मानबहादुर चन्द, सर्वेक्षक दशरथ मण्डल, बिन्द्रा रावल, कमलबहादुर रावल, सुशील रावल र विमल रावलविरु४ अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुबाट जनही २४ करोडभन्दा धेरै बिगो माग दाबी गरेको छ ।

कैलालीको साविक नारायणपुर-८ मा २०२१ सालको फिल्डबुकमा जंगल कायम रहेको २७ बिघा जंगलबाट कित्ताकाट गरी हकभोगको जग्गा भन्ने बनाइ स्रेस्ता खडा गरिएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्