Logo

नेपालमा सरकार बन्ने विषयमा मन्त्री जोशीले किन जोडे भारतलाई ?



काठमाडौं, ६ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सरकार बन्ने विषयमा छिमेकी मुलुक भारतलाई जोडेर विवादास्पद अभिव्यक्ति दिएका छन् । आज (आइतबार) पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपयले छिमेकी (भारत) ले सरकार के गरिदिने हो भनिरहेको बताएका हुन् । उनले आफूलाई केही मानिसहरुले अहिले भारतमा चुनाव छ, तत्काल सरकार केही हुँदैन भनेर सुनाएको पनि बताए ।

‘कतिपयले के भन्छन् भने सरकार के हुन्छ भन्दाखेरी अब छिमेकीले के गर्ने हो भन्ने सुनिन्छ ।’ उनले भने, ‘मलाई धेरैले भने अहिले भारतमा चुनाव छ, भर्खर त केही हुँदैन, अब चुनाव सकिएपछि केही होला । भनेपछि हामी कस्तो अवस्थामा छौं त ?’



प्रतिक्रिया दिनुहोस्