Logo

टीओआरमा जुटेन सहमति, प्रतिनिधि सभा बैठक फेरि सर्‍यो



काठमाडौं,६ जेठ । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक साढे ४ बजेका लागि सरेको हो ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर दलहरूबिच सहमतिको प्रयास जारी रहेका कारण फेरि स्थगित गरेर अपराह्न साढे ४ बजेको समय निर्धारण गरिएको हो ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो ।

सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।



प्रतिक्रिया दिनुहोस्